logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

स्व मन्त्री अधिकारीका कान्छा छोराले प्रधानमन्त्री ओलीको काखमा बस्दै हात मिलाएर के भने ?


  • राजनीति
  • बिहिबार, फाल्गुन २३ २०७५

बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै उनले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र समृद्धिको अभियानमा इमान्दार प्रयास गरेका मन्त्री अधिकारी, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायतको निधनबाट सिंगो मुलुक मर्माहत भएको उल्लेख गर्दै उनीहरूले अघि बढाएका राष्ट्र निर्माणको बाँकी कामलाई बाँचेकाहरूले पूरा गर्नुपर्ने पनि स्पष्ट पारे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रीको रूपमा एक वर्षमा कसैले पनि उपेक्षा गर्न नसक्नेगरी असाधारण काम गरेको स्मरण गराए।

उनले नेपालको पर्यटन, संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा रवीन्द्र अधिकारीले मन्त्रीको रूपमा निर्वाह गरेका भूमिका अविष्मरणीय रहिरहने बताए।

प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री अधिकारीलाई नेपालको कम्युनिष्ट आन्दोलनको अभियन्ता र ६ दशक लामो नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धाको रूपमा चित्रण गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका कान्छा पुत्र स्वराज अधिकारीले सवै नेता गण अतिथि गण सङ्ग शिष्टाचार भेट गर्दै नमस्कार गर्दै जादा प्रधानमन्त्री ओली सङ्ग हात मिलाएरको तस्विर समाजिक सञ्जालमा भाइरल भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार