logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

तमु प्ये ल्हुँ संघ द्दारा स्नातकोत्तर उत्तीर्ण २४ जना बिधार्थीहरुलाई सम्मान


  • राजनीति
  • सोमबार, फाल्गुन २७ २०७५

आश तमु पोखरा- तमु समुदायमा जन्मेर उच्च शिक्षा हासिल गर्ने तमु बिधार्थीलाई एक कार्यक्रम वीच पोखरामा सम्मान गरेका छन । तमु प्ये ल्हुँ संघ केन्द्रीय समितिले पोखरा एक कार्यक्रमको आयोजना गरि विभिन्न विषयमा स्नातकोत्तर उत्तीर्ण २४ जना बिधार्थीहरुलाई सम्मान गरेको हो ।

तमु समुदायको भाषा बोन धर्म र संस्कृतिको संरक्षण गर्ने हेतुले स्थापित तमु प्ये ल्हुँ संघको स्थापना भएको २९ औ वर्षको उपलक्ष्यमा तमु प्ये ल्हुँ सघले २४ जना बिधार्थीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रायोजक ईन्द्र ब. चम्रु तमुले आफ्नो उमेर हुँदा हामीलाई लाहुरे प्रथाले छोएकोले अध्यन गर्न नपाएको भन्दै हाम्रा तमु बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न यो कार्यक्रमको आयोजना गरिएको बताएका छन।उनले भने त्यो समयमा लाहुरे हुने लहरले छोएको हाम्रो समाजमा अहिले पनि त्यसैले निरन्तरता पाएर अध्ययन क्षेत्रमा प्रभाव परेको भन्दै दुख पोखे । अहिले हाम्रो नयाँ पुस्ताले हाम्रो भाषा विर्से संस्कृती बिर्से उनले भने अब हामीले बोल्ने भाषा पनि बिर्सदै गएको भन्दै नयाँ पुस्ताले तमु प्ये ता ल्हुताको अध्ययन र संरक्षण गर्नु पर्नेमा जोड दिए ।

अधिबक्ता जुना तमुले हाम्रो समाजमा नारीलाई दाइजो होइन शिक्षा दिनु पर्नेमा जोड दिएका छन। अझै पनि हाम्रो समुदायका युवा युवती अध्ययन क्षेत्रमा कमै देखिएको हुनाले अब शिक्षामा जोडदिनु पर्ने बताए । सम्मान ग्रहण गर्दै हुम तमुले  तमु एकता र आफ्ना अधिकारको बिषयमा हामी पछी परेको भन्दै अधिकार प्राप्तीको लडाईमा तमु हरु एक हुनु पर्ने बताए। शिक्षा प्राप्ती गरेर आफ्नै देशमा योगदान गर्नु पर्ने बताए ।
कार्यक्रममा तमु प्ये ल्हु सघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु ,सह सचिव लोकेन तमु र प्रा डा विरेन्द्र शिङ तमु लगाएतले शुभकामना दिएका थिए।

तस्बिर मिलन तमु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार