logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ब्रेकिङ : जन्ती बस दुर्घटना २ जनाको मृत्यु , यस्तो छ अवस्था….


  • राजनीति
  • मंगलबार, फाल्गुन २८ २०७५

हेटौँडा– आज मङलवार दिउसो जन्ती बोकेको बसम कवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धरमपानी नजिक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

नुवाकोट घर भई हाल बालाजु बस्ने २१ वर्षीय विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बोडे बस्ने ३० वर्षीय नवराज परियार मृत्यु हुनेमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस धरमपानी नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी १३ जना घाईते भएका छन् भने ५ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार