राजनीति
महेन्द्र पुल
पोखरा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको पोखरामा पुर्ण प्रभाव परेको छ । पोखरामा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।
आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको थियो ।बन्दको पूर्वसन्ध्यामा र बिहानै देशका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएका छन् भने कतिपय ठाउँमा विस्फोटको आवाज सुनिएको बताइएको छ ।
बिहानै पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । भने गोरखा, लगायतका ठाउँमा पनि शंकास्पद बस्तु भेटिएका छन् ।बन्दका कारण पृथ्वी राजमार्ग सिद्धार्थ राजमार्ग बाग्लुङ राजमत्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।
तस्वीर पत्रकार रेसम राना

अमर सिह चोक

बुद्द चोक

पोखरा गेट

चाउथे

बुढी बजार

लेखनाथ चोक

तालचोक

लखन चोक

सभाग्रिह चोक

चिप्ले ढुङ्गा

महेन्द्र पुल

नयाँ बजार