logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बिरामी बोकेको एम्बुलेन्स पल्टियो,यस्तो छ चारैजनाको अवस्था..


  • राजनीति
  • बिहिबार, फाल्गुन ३० २०७५

पोखरा-पूर्वी नवलपरासीको चोरमारा र डण्डाकोबीच जंगलमा एम्बुलेन्स सडकबाट खस्दा ४ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले अरुणखोला रेडक्रसद्धारा सञ्चालित लु १ च ७४२५ नम्बरको एम्बुलेन्स बिरामी लिएर भरतपुर जाँदै गर्दा अनियन्त्रित भएर पल्टिएको  जनाएको छ । घाइते हुनेमा बिरामी ७४ वर्षीया मान कुमारी जैसी, उनका श्रीमान, छोरा र चालक रहेको प्रहरीले जनाएको छ ।घाइते उनीहरुको अहिले कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

नेकपा सचेतक शान्ता चौधरी फेरी बोल्दा बोल्दै बेहोस,आखिर के भएको छ उनलाई ?

दाङ- नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी फेरी अचानक अस्वस्थ भएर बेहोस भएकी छिन ।

दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि बेहोस भएकी हुन ।उनलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश भएकी हाल होशमा आएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

बिहान करीब १० बजेतिर बेहोश भएकी चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होशमा आएकी हुन् । चिकित्सकले उनको अवस्था सामान्य रहेको भनी जानकारी दिएको स्वकीय सचिव दहितले जानकारी दिए । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीय सचिव दलिहतले चिकित्सकलाई उद्धृत गर्दै भने । चौधरी यसअघि संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोश भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार