logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कास्की सहायक सीडीओ चढेको गाडी क्रान्तिकारीको कब्जामा


  • राजनीति
  • शनिबार, चैत्र २ २०७५

कास्की जिल्लाका सहायक सीडीओ चढेको गाडी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्।

शनिबार कास्की जिल्लाका सहाय सीडीओ चित्रांगन बराल चढेको गाडी कास्की जिल्लाको मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले झण्डै १ घण्टा नियन्त्रणमा लिएको हो। गाडीमा उनकी हजुरआमा र अर्की एक महिला सवार थिए।

क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले सार्वजनिक बिदाको दिन पारिवारिक कामका लागि सरकारी गाडीको प्रयोग गरेका कारण नियन्त्रणका लिएको बताए।

उनले पक्राउ परेको गाडी सीडीओको अनुरोधमा सहायक सीडीओले अव आइन्दा दुरुपयोग नगर्न प्रतिवद्धता जनाएपछि प्रहरीलाई बुझाएको जानकारी दिए।

उनले क्रान्तिकारीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनलाई अन्य प्रयोजनका लागि चलाउने नदिने अभियान अन्तर्गत नै गाडी नियन्त्रणमा लिएको बताए। उनले भने, ‘हाम्रो उद्देश्य भनेको सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भन्ने हो, हाम्रै पार्टीका मन्त्रीले पनि यसको दुरुपयोग गरे भने नियन्त्रण गर्छौँ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार