logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

साथीलाई मोबाइलमा यस्तो म्यासेज गरी फेवातालमा हामफाले केसीले


  • राजनीति
  • शनिबार, चैत्र २ २०७५

उमेश पुन ,तस्विर उमेश पुन ,तस्विर

पोखरा– बिहान नजिकका एक साथीलाई मोबाइलमा म्यासेज गरी ‘मलाई खोज्न यहाँ आउनु’ भनेर पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थी फेवा किनारमा आत्महत्या गरेका थिए। म्याग्दी बेनी नगरपालिका–८ घर भएका शिशिर केसीको शब पामे क्षेत्रस्थित फेवातालमाथि तैरिरहेको अवस्थामा फेला परेको थियो । केसी गण्डकी मेडिकल कलेजमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।

विद्यार्थीको रिपोर्ट अनुसार खोजीमा जुटेको वडा प्रहरी कार्यालय बैदामको टोलीले बाइक, हेलमेट, मोबाइल रहेको ठाउँमा भन्दा सय मिटर पर तालमाथि मृत अवस्थामा उनको शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए।

घटनाबारे थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोछ।

कास्की सहायक सीडीओ चढेको गाडी क्रान्तिकारीको कब्जामा

कास्की जिल्लाका सहायक सीडीओ चढेको गाडी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्।

शनिबार कास्की जिल्लाका सहाय सीडीओ चित्रांगन बराल चढेको गाडी कास्की जिल्लाको मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले झण्डै १ घण्टा नियन्त्रणमा लिएको हो। गाडीमा उनकी हजुरआमा र अर्की एक महिला सवार थिए।

क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले सार्वजनिक बिदाको दिन पारिवारिक कामका लागि सरकारी गाडीको प्रयोग गरेका कारण नियन्त्रणका लिएको बताए।

उनले पक्राउ परेको गाडी सीडीओको अनुरोधमा सहायक सीडीओले अव आइन्दा दुरुपयोग नगर्न प्रतिवद्धता जनाएपछि प्रहरीलाई बुझाएको जानकारी दिए।

उनले क्रान्तिकारीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनलाई अन्य प्रयोजनका लागि चलाउने नदिने अभियान अन्तर्गत नै गाडी नियन्त्रणमा लिएको बताए। उनले भने, ‘हाम्रो उद्देश्य भनेको सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भन्ने हो, हाम्रै पार्टीका मन्त्रीले पनि यसको दुरुपयोग गरे भने नियन्त्रण गर्छौँ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार