logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यसकारण हटदैछन् काठमाडौ भित्रका पेट्रोल पम्प


  • पत्रपत्रिका
  • आइतबार, चैत्र ३ २०७५

महानगरपालिकाले सहरी क्षेत्रका साँघुरो स्थानमा रहेका पेट्रोल पम्प हटाउन अध्ययन थालेको छ । सुरक्षाका दृष्टिकोणले मानवीय क्षति हुन सक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पहरुलाई हटाउन यस्तो अध्ययन थालिएको हो ।

हाल सञ्चालनमा रहेका पम्पको अवस्था पहिचार गर्न महानगरपालिकाले अध्ययन समिति बनाएर काम थालेको समितिका संयोजक एवं महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

समितिमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभागलगायतका निकायको प्रतिनिधि छन् । समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार