logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पत्रकार माथी किन जङगिए प्रधानमन्त्री ओली ? यसो भनेर हप्काए..


  • राजनीति
  • आइतबार, चैत्र ३ २०७५

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओली पत्रकार माथी जङ्गिएका छन। पत्रकारले ‘प्रतिबन्ध नै लगाउनु पर्ने भएपछि विप्लव समूह ठूलै रहेछ नि होइन र ?’ भन्दै प्रश्न गरे । पत्रकारको यो प्रश्नपछि ओली जंगिए ।

‘विप्लव समूह अराजक समूह हो, त्यो समूहका माग के छन् तपाईहरुलाई थाहा छ? कसैले मलाई भन्न सक्नुहुन्छ? तपाईँहरुलाई शान्ति चाहिएको छैन? सरकारले शान्ति कायम गर्नका लागि आवश्यक काम गर्छ । म विप्लव समूहलाई पनि भन्न चाहन्छु कि सरकार ठट्टा गरिरहेको छैन, यो ठट्टाको विषय होइन, मुलुकमा शान्ति चाहिन्छ, सरकारले आफ्नो काम गर्छ ।’

लगत्तै पत्रकारहरुले विप्लवलाई वार्तामा किन नबोलाएको भन्दै प्रश्न गरे ।

यसको जवाफ पनि ओलीले आक्रोशित हुँदै दिए ।

उनले भने ‘सरकारले वार्ता समिति गठन गरेको तपाईँहरुलाई थाहा छैन? वार्तामा आउन आग्रह गरेको तपाईँले थाहा पाउनुभएन? उनीहरुले हामी वार्तामा आउदैनौँ भनेको सुन्नुभएन?’

अर्काे प्रसंगमा ओलीले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुनै सम्भावना नरहेको बताए । रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्त गर्ने बाहेक मन्त्रिपरिषद् हेरफेरको अरु कुनै सम्भावना नरहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार