logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कास्कीमा पनि बर्ड फ्लु भेटियो सर्तक रहन आग्रह


  • राजनीति
  • सोमबार, चैत्र ४ २०७५

पोखरा- केही दिन अघि सिमा नजिक र काठमाण्डौमा भेटिएको बर्ड फ्लू रोग कास्कीको मादी गाउँपालिका ३ मा स्थानीय जातको कुखुरामै पनि देखिएको छ ।

स्थानीयको ५० भन्दा धेरै कुखुरा लगातार मरेपछि नमुना संकलन गरी परिक्षण गर्दा ति कुखुरामा बर्डफ्लूको संक्रमण भेटिएको हो । यसको भेरीफाइका लागि काठमाडौँमा रहेको प्रयोगशालामा पनि पठायौँ त्यहाँ पनि बर्डफ्लू नै भन्ने सियोर भएपछि टोली यहाँ खटिएको छ ।’

बर्ड फ्लू नै भेटिएको पक्का भएपछि सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले चिकित्सकहरुसँग छलफल गरी नियन्त्रको लागि चिकित्सकहरु मादी पुगेका हुन् । मादीमा फागुनको तेस्रो हप्ता देखि धमाधम कुखुरा मर्न थालेका थिए ।

अहिले मादी प्रवेश गर्ने र बाहिरीने क्षेत्रबाट अन्यजातका कुखुरा भित्र्याउन, बाहिर लैजान र दाना ओसारपोसार गर्न पनि रोक लगाइएको उनले जानकारी दिए । त्यस्तै चिकित्सकहरुले सचेत रहन पनि आग्रह गरे ।

काठमाडौँ – देशका तीन ठाउँका कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएपछि यसले महामारी लिन सक्ने तर्फ उच्च सतर्कता अपनाइएको सरकारी निकायले जनाएका छन् ।

हेटौँडा, पोखरा र काठमाडौँको तारकेश्वरमा देखिएको बर्ड फ्लुको संक्रमण नियन्त्रण गर्ने प्रयास जारी रहेको पनि पशु सेवा विभागले जनाएको छ । महामारी फैलिएर मानिसको ज्यान समेत लिन सक्ने यो रोग चराबाट मानिसमा सर्ने गर्छ । तर पछिल्लो समय मानिसबाट पनि मानिसमा बर्ड फ्लु सरेको पाइएपछि चिकित्सकहरु थप चिन्तामा छन् ।

खास गरि छिमेकी मुलुक चीनमा मानिसबाट पनि मानिसमा बर्ड फ्लुको संक्रमण फैलिएको पाइएको सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताए । उनले बर्ड फ्लुको संक्रमणबाट जोगिन सुरक्षात्मक उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरे । विशेष गरि कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सरसफाईमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

यसपटक हेटौँडा र काठमाडौँमा विशेष गरि लेयर्स कुखुरामा एच ५ एन वान भाइरसको संक्रमण देखिएको हो । यो त्यति खतरनाक नमानिए पनि सुरक्षाका उपाय अवलम्बन गर्न डा। पुनले सुझाव दिएका छन् ।

डा.  पुनले बर्ड फ्लुको संक्रमणबाट जोगिन दिएका सुझावहरु

 

कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने

माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने

बेच्न बसेका व्यक्तिहरुले पनि मास्क र पन्जा अनिवार्य लगाउने

केही गरि खोरका कुखुरा मर्न थाले अथवा बिरामी पर्न थाले भने तुरन्तै चिकित्सकलाई सम्पर्क गर्ने

बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने

पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्ने

मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने (एक सय डिग्रीमा पकाइसकेको मासुबाट बर्ड फ्लु सर्ने सम्भावना हुँदैन)

अण्डा राम्रोसँग उमालेर मात्रै खाने, आधा पाकेको अन्डा नखाने ।

देश सञ्चारबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार