राजनीति
स्याङजा – आज स्याङजामा हलो जोत्दै गर्दा गोरुले बिजुलीको स्टे तार छुन गई पोल ढलेर एक व्यक्तीको ज्यान गएको छ। विरुवा गाउँपालिका ६ तल्लो वलेउ निवासी कृष्ण वहादुर थापा ( सिलाङे कान्छा ) को गैरीमा खेत जोत्दै गर्दा गोरुले बिजुलीको स्टे तार छुन गई पोल ढलेर ज्यान गएको स्थानीय श्री कुमार थापाले बताएका छन।थप जानकारी आउन बाकीँ….

विप्लवले खोले बादल अनि पम्पाको त्यो …… काण्ड हेर्नुस
जनयुद्धको पहिलो योजनापछि नै बादल कारबाहीमा परे । पार्टीमा यो एउटा दुर्घटनाको चोटजस्तो भयो । पार्टीमा एकखालको स्तब्धता पनि छायो । कारण के भयो भने जनयुद्धको रापताप, पार्टीमा क्रान्तिकारीहरूको उमङ्गमय विकास राज्यमाथि बढ्दै गएको थियो । केही गम्भीरखालका हत्याकाण्ड राज्यले चलाइसकेको थियो ।
प्रचण्ड(बाबुरामहरू पहिले नै भारत पसिसकेका थिए । त्यही क्रममा बादललाई पनि भारतमा सर्न भनियो । बादल भारतमा गए । उनीसँगै पम्फा पनि भारतमा गइन् । विदेशको एकान्त बसउठ र खानपानसँगै बादल–पम्फाको प्रेम झाङ्गियो । लसपस बाक्लिँदै जाँदा ‘प्रेम’ यौन–सम्बन्धमा बदलियो । नेपालमा लडाइँ चलिरहँदा उनीहरूले भारतको ‘भानिराम होटेल’ मा मस्ती गरे भन्ने प्रचार आयो ।
सुरुमा उनीहरूले स्वीकार गरेनन् तर पछि प्रचण्डले अनेक दाउ लगाएर गलाए र स्वीकार्न लगाए । त्यसपछि बादललाई कारबाही भयो र उनीबारे अनेकौँ कथा बुनिन थालियो । कारबाहीपछि प्रस्तुत राजनीतिक प्रस्तावमा बादल माओ र पम्फा चियाङ चिङ हुन खोजेको प्रचण्ड कालको मुखबाट बँचेर आएको, यो यौनकाण्ड नभएर राजनीतिक षड्यन्त्र भएको, त्यो केन्द्र कब्जा गर्ने उद्देश्यबाट प्रेरित रहेको भन्दै बादललाई ‘लिनप्याओवादी’ भएको आरोप थोपरियो ।
प्रचण्डले आफ्नो प्रस्तावमा यो काण्डबारे लेखे( ‘पहिलो कुरा, सुरुमा उहाँहरूको बीचमा प्रेम र यौन–सम्बन्धको विकास क्षणिक उत्तेजनामा आएर अथवा एक–अर्कोबारे जानकारीको अभावमा होइन, पर्याप्त छलफलपश्चात् जानीबुझी एक निश्चित मान्यताको आधारमा भएको छ । ‘ त्यसप्रकारको गलत सैद्धान्तिक मान्यताका आधारमा शारीरिक सम्बन्ध कायम गरिसकेपछि त्यसलाई पार्टीबाट ‘भूमिगत’ राखेर जाने जुन कार्य भयो त्यसले उहाँहरूमा विद्यमान अनुशासनविहीन एवम् चरम व्यक्तिवादी अहङ्कारलाई अभिव्यक्त गर्दछ । ‘
वास्तविकता स्वीकार गरिसकेर पुनः लुकाउने र नेतृत्वका विरुद्ध सङ्घर्ष गर्ने जुन कसरत आगडि आयो, त्यसले वस्तुतः राजनीतिक एवम् सङ्गठनात्मक रूपले उहाँहरूमा विद्यमान अराजकतावादी–व्यक्तिवादी एवम् षड्यन्त्रमूलक शैलीको गम्भीर कमजोरीलाई स्पष्ट गर्दछ । ‘
समग्र पक्षलाई विचार गर्दा यो घटनाक्रममा अभिव्यक्त उहाँहरूको चिन्तन र कार्यशैली लिनप्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट छ जसमा मुख्यतः बादलको चिन्तन र कार्यशैली लिनप्याओवादी प्रवृत्तितिर उन्मुख भएको कुरा स्पष्ट हुन्छ’, ९नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू, ग्रन्थ १, पृ। ३९३० ।
(विप्लवको पुस्तक ‘महापतन’को एक अंश)