logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

चैत्र ७ गते तपाईंको दिन कस्तो रहला त ? हेर्नुस् राशिफल


  • राजनीति
  • बिहिबार, चैत्र ७ २०७५

मेष        (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

बृष      (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ ।

मिथुन      (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ ।

कर्कट       (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला ।

सिंह       (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बिद्या प्राप्तिको समय रहेको छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । चिसोको प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ ।

कन्या        (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । समय राम्रो रहेको छ । पारीवरिक शुःख प््राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

तुला         (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । खर्च बढ्ने सम्भाबना रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ ।

बृश्चिक        (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ ।

धनु        (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

मकर         (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

कुम्भ       (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बोलिको कारण साधारण समस्या आउन सक्नेछ । चिसो सम्बन्धी समस्या सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन     (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार