राजनीति
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका –३ गहेलीमा द्वन्द्वकालमा राखिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको छ ।
ओडारमा शंकास्पत वस्तु रहेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी गर्दा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उक्त सकेट बम द्वन्द्वकालमा छाडिएको र खिया लागेको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिएका छन्।