logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दुई गाउँलेबीच झडप:स्थिति नियन्त्रण लिन हवाई फायर


  • राजनीति
  • शुक्रबार, चैत्र ८ २०७५

रौतहट – बिहीबार दुई गाउँलेबीच रौतहटको गुजरा नगरपालिका ९ सिमराभवानीपुरमा झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका छन।झडपमा स्थानीय तथा प्रहरी घाइते भएका छन्। प्रहरीले पाँच जना स्थानीयलाई नियन्त्रणमा लिएको छ।दुवै पक्षलाई नियन्त्रणमा नलिई एकपक्षका व्यक्तिलाई मात्र प्रहरीले नियन्त्रणमा लिएको भन्दै चौधरीपक्षले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्यास र ७ राउण्ड हवाई फायर भएको हो।

बाटोको किनारमा बनियाँ समुदायले होली खेल्न राखेको माटोको घैटा (मट्का) चौधरी समुदायका केही व्यक्तिले फुटाएपछि विवाद भएको प्रहरीको भनाइ छ।

घाइते हरुको चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खड्काले जानकारी दिए।

प्रहरीले २१ वर्षीय दिपेश चौधरी, आकास चौधरी, १७ वर्षीय पप्पु चौधरी, ३० वर्षीय सुकेश्वर चौधरी, ३० वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको छ।

घटनास्थलमा चन्द्रनिगाहपुर, गरुडाबाट नेपाल प्रहरी तथा सन्तपुरबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार