राजनीति
पोखरा- दुई दिने नेपाल भ्रमणका लागी भारतीय विदेश सचिव विजय केशव गोखले आउने भएका छन् । उनी चैत १४ गते (मार्च २८)मा नेपाल आउन लागेका हुन् ।
यही चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी हुन भारतीय विदेश सचिव गोखले नेपाल आउन लागेका हुन् ।
भारतीय विदेश सचिवको भ्रमणको क्रममा भारतीय सहयोगमा नेपालमा सञ्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल–भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे समेत छलफल हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।