logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रेस स्वतन्त्रता माथि प्रहरी हस्तक्षेप,जनपत्रकार कालीकोट अध्यक्ष विश्वकर्मा पक्राउ


  • राजनीति
  • शुक्रबार, चैत्र ८ २०७५

पोखरा- नेत्रविक्रम चन्द विप्लव नेकपा समर्थित क्रियाशिल पत्रकार कर्णबहादुर विश्वकर्मालाई कालीकोटमा प्रहरीले पक्राउ गरेको छ ।रेडियो नयाँ कर्णालीका वरिष्ठ प्राविधिक तथा संवाददाता विश्वकर्मा रेडियोको स्टुडियोबाटै पक्राउ परेका हुन् ।प्रहरीले कालिकोट सदरमुकाम मान्मास्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको हो ।’आज बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्ता गरिएको जनपत्रकार संगठन नेपालले जनाएको छ ।

यसैबीच रेडियो नयाँ कर्णालीले आफ्ना पत्रकार कर्ण बिकलाई कार्यालयबाटै प्रहरीले पक्राउ गरेकाे भन्दै विराेधमा रेडियो प्रशारण बन्द गर्ने निर्णय गरेकाे छ । विक बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित जनपत्रकार संगठन, नेपाल कालिकाेटका संयाेजक पनि हुन् ।

पत्रकार महासंघको विरोध

पत्रकार कर्ण विश्वकर्मा पक्राउको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । रेडियोको स्टुडियोमै प्रवेश गरी पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भएको महासंघको भनाइ छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी पक्राउ परेका पत्रकार विश्वकर्मालाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

विप्लवका मजदुर संगठन इन्चार्ज पनि पक्राउ

प्रहरीले बिहीबार नै विप्लव समूहका जिल्ला मजदुर संगठनका इञ्चार्ज २८ वर्षीय भरत शाहीलाई पनि पक्राउ गरेको छ । ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले दुई जनालाई जिल्ला प्रहरी कार्यालय, कालिकोटले पक्राउ गरी हिरासतमा लिएको पुष्टि गरे ।

उनले भने, ‘ललितपुरमा एनसेल मुख्यालयमाथि विष्फोट भएकै दिन त्यहाँ एनसेल टावरमा आगजनी भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि पक्राउ गरेका हौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार