logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एसएसबीले भारतको अनुमती ल्याइज भन्दै कञ्चनपुरमा सडक निर्माणमा अवरोध

नेपाली सरकारी पक्ष मौन


  • राजनीति
  • शुक्रबार, चैत्र ८ २०७५

कञ्चनपुर- कञ्चनपुरमा ब्रम्हेदब–टनकपुर जोड्ने नेपाल तर्फको भूमिमा सडक कालोपत्रे गर्ने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ। भीमदत्त नगरपालिका–९ ब्रम्हदेबमा सडक निर्माण गर्दा भारतीय पक्षले सडक निर्माणमा अवरोध सृजना गरेकोहो।

सडक कालोपत्रे गर्न निर्माण सामाग्रीसहित गएको टिमलाई भारतीय पक्षले अबरोध पुयाएपछि निर्माण सामाग्री सडकमै थन्किएको छ।निर्माण कम्पनी न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीका अनुसार एसएसबीले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ। माथिको आदेश छैन भन्दै काम गर्न रोकेका जोशीले बताए। भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिह धामीले नेपाली पक्षले आफ्नो सडक कालोपत्रे गर्ने क्रममा भारतीय पक्षले अवरोध गरेको बताए।
नेपाली पक्षसँग भारतीय एसएसबीले ‘भारत सरकारको अनुमति पत्र ल्याउनु अन्यथा काम रोक्नु’ भनेको धामीले बताए।

भिमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७५०७६ को नगरपालिकाको योजना अनुसार ४३ लाख लागतमा १।३८ मिटर सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनलाई जिम्मा दिएको थियो।

ब्रम्हेदब बजारबाट भाततर्फ जाने सडकमा भारतीय पक्षले आफ्नाे क्षेत्रमा यसअघि नै सडक पक्की बनाइसकेकाे छ। महाकाली नदीकाे पानीभित्र सीमा पिलर डुबेकाे विश्वास गरिएकाे साे स्थानमा सहमतिका आधारमा भारतीय पक्षलाई सडक निर्माण गर्न दिइएपनि नेपाली भुभागमा भारतले अवराेध गरेकाे हाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार