logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

उपचारका क्रममा रेखा थापाको मृत्यु,चैत ४ गते अस्पताल भर्ना गरिएको थियो


  • राजनीति
  • शुक्रबार, चैत्र ८ २०७५

कैलाली- सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

व्यथा लागेपछि चैत ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु भएको हो । शल्यक्रिया गरेकी उनको पेट सुन्निएपछि मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।

डाक्टरले पेट सुन्निने समस्या देखिएपछि ग्यास्टिकको उपचार गरेका थिए । तर बिरामी कम नभएपछि उनलाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो तर, बाटोमै मृत्यु भयो । मृत्यु भएपछि शव आफन्तले बुझ्न मानेका छैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताउनुभयो । अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

बैज्ञानिकले पत्ता लगाए सेक्स गर्ने उत्तम समय, कहिले र कसरी (हेर्नुहोस)

यौन सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो यसको उत्तर पनि मानिसहरुले अत्ति सरल रुपमा दिन्छन । जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ । हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको एक अध्ययनले विहानको समयमा यौन सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ ।

बिशेषगरी बिहान साढे सात बजेको समय यौनको लागि बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ ।

फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम (स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधि) लाई अवलोकन गर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेका थिए। अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तैः व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन गर्ने गर्छन् ती सबैलाई ध्यान दिन भनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार