logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

वडा अध्यक्ष भारतीको निवासमै निधन


  • राजनीति
  • आइतबार, चैत्र १० २०७५

बुटवल – कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शकुन्तला भारतीको निधन भएको छ ।विभिन्न रोगबाट ग्रसित ७६ वर्षीया भारतीको आफ्नै निवास लालपुरमा शनिवार साँझ निधन हो ।

भारती स्थानीय तहको चुनाबमा स्वतन्त्र उम्मेदवार दिएर वडा अध्यक्षमा निर्वाचित भएकी थिइन । उनको आइतवार दाहसंस्कार गर्ने परिवारले जनाएको छ ।

विप्लवलाई सीके शैलीमा पक्राउ गर्ने सरकारको यस्तो छ तयारी

पोखरा- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको सरकारले उसलाई गलाएरै वार्तामा ल्याउने रणनीति बनाएको छ । विखण्डनकारी मुद्दा बोकेर राजनीतिक अभियान चलाएका सीके राउतकै शैलीमा विप्लवलाई पक्राउ गर्ने र उनलाई जेलमा हालेर उनका कार्यक्रर्तालाई समेत पक्राउ गर्दै गलाउने रणनीति सरकारले अघि सारेको हो । सोही शैलीबाट विप्लवलाई वार्तामा ल्याउनसमेत सहज हुने सरकारको निष्कर्ष छ ।

गृह मन्त्रालय निकट उच्च स्रोतका अनुसार विप्लवको खोजीमा सक्रिय रहन सरकारले प्रहरीलाई निर्देशनसमेत दिइसकेको छ । प्रहरीले सोहीअनुसार नै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउसमेत गर्न थालिसकेको छ । प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएरै विप्लवका उच्च तहका नेतामाथि निगरानी बढाएको गृह स्रोतले जानकारी दिएको छ ।राजधानी दैनिकले लेखेका छन।

‘सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका कुनै पनि गतिविधि भएको पाइए वा विगतमा विभिन्न जिल्लामा दर्ता भएका मुद्दाका आधारमा नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्छ, त्यहीअनुसार मातहतका निकायमा निर्देशन भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता सुवेदीले राजधानीसँग भने । गत २४ फागुनमा सरकारले नेकपामाथि राजनीतिक रूपमा नै प्रतिबन्ध लगाएयता शनिबारसम्म सो पार्टीका ३१ नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार