logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा चोरको बिगबिगी :एक पछि अर्को गर्दै १६ नं वडा कार्यालयमा चोरी


  • राजनीति
  • आइतबार, चैत्र १० २०७५

पोखरा महानगरपालिका वडा न १६ कार्यालयमा आज राती चोरी भएको छ।पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जीवन आचार्यले आइतबार बिहान आफु कार्यालय पुग्दा चोरी भएको बताएका छन।

आचार्य अनुसार दुई वटा ल्यापटप, चार वटा कम्प्युटरसहित अन्य सामग्री चोरी भएको हो।उनले प्रहरी आएर केके सामग्री चोरी भएको भन्नेबारेमा रुजु गर्दै गरेको बताएका छन। प्रहरीले चोरीको बारेमा अनुसन्धान थालेको बताएको छ।

पोखरामा महानगरपालिकाका विभिन्न वडा कार्यालयमा यस अगाडि चोरी भएको थियो। यस अगाडि पोखरा ५, १३ १४, १५, लगायतका कार्यालयको ताला फोडेर चोरी गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार