logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचन आयोग आजबाट नेतृत्वविहीन,प्रमुख आयुक्तको पदावधि सकिँदै ! यी तीनको भाग दौड सुरु


  • राजनीति
  • आइतबार, चैत्र १० २०७५

काठमाडौं – निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ । आज (आइतवार)बाट निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि सकिँदैछ ।

२०६९ साल चैतमा निर्वाचन आयोगका प्रमुख आयुक्तमा यादव नियुक्त भएका थिए । यादवको यो दोस्रो कार्यकाल हो । जुन आजबाट सकिँदै छ ।

यसअघि २०६३ साल पुष २७ देखि २०६९ पुष २६ सम्म आयुक्तको कार्यभार सम्हाल्लेका थिए यादवले ।

उनले पछी २०७३ असारपछि प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । संवैधानिक परिषद्ले प्रमुख आयुक्तका लागि कसैको नाम सिफारिस नगरेकाले संसदीय सुनुवाईसहितको प्रक्रियाका कारण अझै कति समय लाग्ने टुंगो छैन ।

यादवकै नेतृत्वमा ७ सय ५३ स्थानीय तह, प्रतिनिधिसभा, राष्ट्रिय सभाको साथै सातवटै प्रदेशको निर्वाचन सम्पन्न भएको थियो ।

पाँच सदस्यीय आयोगमा दुईजनाले अवकास पाएपछि आयुक्त नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल र सुधीरकुमार शाह रहने छन् । उनीहरुको नियुक्ती भने २०७३ सालमा भएको हो ।

यसैबीच आयुक्त इला शर्माको पनि ६ वर्षे कार्यकाल आजैबाट सकिदैछ । उनको पनि २०६९ साल चैतमै नियुक्त भएको थियो । यादवले शिक्षण पृष्ठभूमिका दुई र पत्रकारिता पृष्ठभूमिकी शर्माले आयोगमा एक कार्यकाल बिताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार