logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

एसईई परीक्षा तयारीमा जुटेकी पाल्पाकी १६ वर्षीया विकले किन झुण्डिएर ज्यान फाले


  • राजनीति
  • आइतबार, चैत्र १० २०७५

पाल्पा- पाल्पामा एसईई परीक्षा दिने तयारीमा जुटेकी बग्नासकाली गाउँपालिका–६ की १६ वर्षीया मनिषा विकले पनि झुण्डिएर ज्यान फालेकी छिन् । उनले आज त्यस गाउँको गुँगा माध्यामिक विद्यालयबाट एसईई परीक्षा दिने तयारीका लागि बुटवलबाट हिजो साँझ मात्रै घर आएकी थिइन् ।

पाल्पामा आईतवार एक जनाको करेण्ट लागेर ज्यान गएको छ भने एसईई परीक्षा दिने एक किशोरीसहित दुई जनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी कृष्णराज सापकोटाका अनुसार रैनादेवि गाउँपालिका–७ छहराका १९ वर्षीय ईन्द्रबहादुर राना स्थानीय भर्लेखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर उनको ज्यान गएको हो ।

त्यस्तै ने रामपुर नगरपालिका–१का ५९ वर्षीय मिनबहादुर क्षेत्री आफ्नो गोठमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार