logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यी गाउँपालिका प्रमुख,बलात्कारको घटना मिलाउँछु भन्दै ७ लाख लिएर फरार


  • राजनीति
  • सोमबार, चैत्र ११ २०७५

बलात्कारको अभियोगमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ की १४ वर्षीया बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालयको टोलीले राजेन्द्र अधिकारीलाई आइतबार राती साढे ९ बजे गिरफ्तार गरेको छ । बलात्कारको घटना मिलाइदिन्छु भन्दै गाउँपाालिका अध्यक्ष रवीन्द्र लिंग्देन, खगेन्द्र राजवंशी र टिकेन राजवंशीले पीडकबाट साता लाख रुपैयाँ लिइ पीडितलाई १ लाख रुपैयाँ मात्र दिएपछि घटना सार्वजनिक भएको हो । उनीहरूले २२ लाख आफू राखेर बाँकी १ लाख पीडितलाई दिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको प्रहरीले स्थानीयको सहयोगमा घटनामा संलग्न राजेन्द्र अधिकारीलाई शनिबार राती साढे ९ बजे गिरफ्तार गरेको हो । अधिकारी उपर अनुसनधान भइरहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न गाउँपालिका अध्यक्षा रवीन्द्र लिंग्देन, खगेन्द्र राजवंशी र डिकेन राजवंशी हल्दीबारी प्रहरी चौकीका सई कुमार खड्काले बताउनुभयो ।गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन राप्रपाबाट निर्वाचित हुन् ।

सइ खड्काले घटना सम्बन्धमा प्रहरीले पीडित र परिवारसंग पनि सुक्ष्म अनुसन्धान गरीरहेको जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार