logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ठेकेदार सांसदले बनाएको पुल हावाहुरीले भत्कायो


  • पत्रपत्रिका
  • बुधबार, चैत्र १३ २०७५

अन्नपूर्ण दैनिकमा ठेकेदार सांसद्ले बनाएको पुल हुरीले भत्काएको खबर छ । नुवाकोट र धादिङ जोड्न त्रिशूली नदीको केउरेनीमा निर्माणाधीन पुल हुरीका कारण भत्किएको हो ।

गल्छी गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ जोड्ने यो पुल सम्झौताअनुसार ०७४ असारसम्ममा निर्माण गरिसक्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्तीका कारण एक वर्ष म्याद थप गरी निर्माण सम्पन्न गर्ने अन्तिम मिति ०७५ चचैतसम्म तोकिएको थियो ।

पुलका ठेकेदारबारे अन्नपूर्णले केही नबताए पनि नयाँ पत्रिका दैनिकले बहालवाला सांसद् बहादुरसिंह लामाले उक्त पुलको ठेक्का लिएको उल्लेख गरेको छ ।

आफ्नै क्षेत्रका जनता लाभान्वित हुने भए पनि लामाले पुल निर्माणमा अर्घेल्याइँ गर्दै आइरहेका छन् ।

फाइल फोटो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार