logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाली सेनाले परिवर्तन गरे प्रवक्ता ,आखिर किन ? यस्ता छन कारण


  • रासस
  • बुधबार, चैत्र १३ २०७५

काठमाडौँ –  सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाएका छन् ।

दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले केही दिनपछि मात्र आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

हालका प्रवक्ता यामप्रसाद ढकालको पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ ।

नेपाली सेनाको प्रवक्ताका रुपमा उनले करीब तीन महिना काम गरे। सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानेछन् ।

नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार