राजनीति
काठमाडौँ -दिल्लीस्थित नेपाली दूतावासले आफ्नो पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ भनेर सम्बोधन गरिएको छ । नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुधबार बुझाएको ओहोदाको प्रमारणपत्र बारेको विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरण उल्लेख छ ।दिल्ली नियोग हुँदै परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति केपी शर्मा ओलीका तर्फबाट’ एकसाथ शुभेच्छाको सन्देश व्यक्त गरिएको थियो।
प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई ‘राष्ट्रपति’ सम्बोधन ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरणसहित उल्लेख गरेको थियो ।

भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा ‘नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरणसहित उल्लेख गरेको थियो । उक्त त्रुटीलाई लिएर नियोग उपप्रमुख भरतकुमार रेग्मीसहित सम्बद्ध अधिकारीलाई स्पष्टीकरण माग गरिएको परराष्ट्र स्रोतले बतायो ।
गत पुस १० मा इन्डोनेसियामा आएको सुनामीका कारण जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डोनेसियाली राष्ट्रपतिलाई ‘समवेदना’ जनाउनुपर्नेमा ‘शुभकामना’ पढाउँदै विज्ञप्ति जारी गरेको थियो । उक्त लापरबाहीबारे परराष्ट्र मन्त्रालयले छानबिन गरिने प्रतिक्रिया दिए पनि अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन ।कान्तिपुरवाट