राजनीति
काठमाडौं– ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारसँग माग गर्दै बिहीबार काठमाडौंको जोरपाटीमा शारीरिक रुपमा अशक्त भएकाहरुले प्रर्दशन गरेका छन् ।
जोरपाटी सडक खण्डको फुटपाथ समेत ह्वील चियर मैत्री नभएपछि शारीरिक रुपमा अशक्त भएकाहरुले सो फुटपाथ भत्काउँदै आफूहरु मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारलाई दवाव दिन प्रर्दशन गरेका हुन् ।
अपांगता मैत्री सडक तथा फुटपाथ निर्माण गर्न माग गरिएको प्लेकार्ड समेत लिएका शारिरीक रुपमा अशक्त रहेका नागरिकहरुले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माण गरे बृद्धदेखि बालबालिका समेतको हित हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
नेपालमा हाल कूल जनसंख्याको १० प्रतिशत शारिरीक रुपमा अशक्त भएकाहरु रहेका छन । उनीहरुको हितप्रति सरकार संवेदनशील नदेखिएको विभिन्न अध्ययन प्रतिवेदनले पनि देखाएको छ ।