पोखरा : पोखरामा तीब्र गतिमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई १० मा सक्नु पर्ने सम्झौता भए पनि तोकिएको समयसीमा भन्दाअघि नै सक्ने गरी काम भइरहेको आयोजना प्रमुखले बताएका छन् ।
चीन सरकारको स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका साइड म्यानेजर मिस्टर झुले युद्धस्तरमा काम भइरहेको बताए । ‘हाल चिनियाँ १ सय र नेपाली ३ सय जना मजदूर गरी ४ सय जनाले काम गरिरहेका उनले बताए ।बैभन्दा धेरै समय लाग्ने महत्त्वपूर्ण २० प्रतिशतभन्दा धेरै काम १ वर्षमै सम्पन्न भइसकेकाले समयसीमाभन्दा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने उनले बताए । सन् २०१७ को नोबेम्बरदेखि विमानस्थलको निर्माण शुरू भएको हो । सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको साइड म्यानेजर झुले बताए ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेन्ट, बालुवा प्रयोग गरी विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ । ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुनेछ । अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।
सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको छ । पोखरा महानगरपालिका–१० र १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम थालेको हो ।