logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रश्नपत्र प्रकरणः मुख्यमन्त्रीको कार्यालय तोडफोड,कुन जिल्लामा के गरे हेर्नुस विधार्थीको आक्रोश


  • राजनीति
  • शुक्रबार, चैत्र १५ २०७५

प्रदेश नम्बर २ – वीरगञ्जको घण्टाघर चोकमा शुक्रबार तोडफोड गर्दै विद्यार्थी । एसइईअन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा प्रदेश नं २ को सरकारले रद्द गरेपछि सोको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन ।सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि आज पनि परीक्षा रद्द गरिएसँगै विद्यार्थी आन्दोलित भएका हुन् ।

सडकमै उत्रिएर विद्यार्थीले विरोध प्रदर्शन गरेपछि प्रदेश नम्बर २ का अधिकांश शहरी क्षेत्र तनावग्रस्त बनेको छ ।

तनावग्रस्त वीरगञ्ज, आगजनी र तोडफोड

परीक्षा रद्द भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । उनीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । आक्रोशित विद्यार्थीले तोडफोड तथा आगजनी गरेपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको छ ।दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन् ।

मुख्यमन्त्रीको कार्यालय तोडफोड

परीक्षा रद्द भएपछि जनपुरका विद्यार्थी पनि आक्रोशित बनेका छन् । परीक्षा रद्द भएको सूचनालगतै विद्यार्थीहरु प्रदर्शन उत्रिएका छन् ।

प्रदेश २ को राजधानी रहेको जनपुरमा प्रदेश सरकारको कार्यालय अगाडी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आक्राशित विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ढुंगा प्रहार गरी तोडफोड गरेका छन् । आक्राशित विद्यार्थीको ढुंगा केही सवारीमासमेत क्षति पुगेको छ । आक्राशित शिक्षामन्त्रीको राजीनामा मागेका छन् ।

रौतहटमा राजमार्ग अवरुद्ध

परीक्षा रद्द विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार