राजनीति
बिनिता कार्कीले भक्तपुरमा खिचेको तस्बिर
बिनिता कार्कीले भक्तपुरमा खिचेको तस्बिर
पोखरा- ‘एशियन ट्रि अफ द इयर–२०१९’ को बिजेता बिनिता कार्कीले भक्तपुरमा खिचेको तस्बिर बनेको छ। उक्त तस्विर तीव्र शहरीकरण बढिरहेका बेला शहरको बिचमा प्रकृतिको उत्कृष्टता दर्शाएकाले बिजेता बनेको हो।
विजेता नेपाली तस्विरले मलेसिया, सिंगापुर, नेपाल, भारत, श्रीलंका, फिलिपिन्स र ब्रुनेईका तस्विरहरूसँग प्रतिस्पर्धा गरेको थियो। क्रिएशन नेपाल आयोजनामा भएका अघिल्ला दुई संस्करणमा पनि नेपालकै तस्विर उत्कृष्ट भएका थिए।
‘ट्रि अफ द इयर नेपाल–२०१९’ मा दोस्रो भएको उक्त तस्बिर ‘एशियन ट्रि अफ द इयर–२०१९’ का लागि प्रतिस्पर्धामा पठाइएको थियो । ‘तीव्र सहरीकरणका बेला रुखले वर्तमान वातावरणीय अवस्थालाई देखाएको छ’, प्रतिस्पर्धा जितेपछि कार्कीले भनिन्,‘आशा छ प्रतिस्पर्धाले आगामी दिनमा जैविक विविधता जोगाउन मानिसमा प्ररेणा मिल्नेछ।’
शहरीकरण तिव्र गतिमा बढिरहेका बेला रुखको महत्व दर्साउन सन् २०११ ‘ट्रि अफ द इयर’ प्रतिस्पर्धा सुरु गरिएको थियो। सोही उद्देश्यका साथ एशियन संस्करणको प्रतिस्पर्धा सन् २०१७ मा सुरु भएको हो।अन्नपुर्ण पोष्टमा लेखिएको छ।