राजनीति
पृथ्वीराजमार्गको तनहुँ–कोत्रे सडकखण्ड अन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा भत्किएर जिर्ण भएको सडक । ठाउँ–ठाउँमा सडक भत्किँदा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
तस्वीर : कृष्ण न्यौपाने
आश तमु, पोखरा- पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसमले आज पोखरा एक्कासे अध्यारो हुदै असिना पानी परेको छ।ाज दिउसो ३ बजेको समयमा पोखरा अद्न्धकारमय भएको थियो। केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुने मौसमविद् पौडेलले बताए । प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिरहने बताइएको छ । पूर्वी क्षेत्रका केही स्थानमा बिहानदेखि नै हल्का वर्षा भइरहेको छ ।
राति देशको पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पश्चिमी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।