logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पत्रकार महासघ कास्कीका पुर्व उपाध्यक्ष पत्रकार अधिकारी रिपोर्टिङका क्रममा प्रकाउ

झुठ्ठा आराेप लगाएर गिरफ्तार गरेकाेमा ध्यानाकर्षण ,जनपत्रकार सँगठन नेपाल


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

आश तमु , पोखरा- विप्लव निकट अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसले पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन कार्यक्रम गरिरहेका बेला रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिबन्दको विच नेकपा निकट बिधार्थी सङ्गठन अखिल क्रान्तिकारीले प्रदेश न २ मा भएको योजनाबद्द एसईई परीक्षा पत्रमा भएको अनियमिता अनि पोखरा विश्वविधालयमा भएको विधार्थी परिक्षार्थीको परीक्षा स्थगित लगाएत पार्टीलाई लगाएको प्रतिवन्दको विरुद्द प्रधानमन्त्रीको पुत्ला जलाएका थिए।

अखिल (क्रान्तिकारी) गण्डक ब्यूरो सदस्य तथा पृथ्वीनारायण क्याम्पस जिल्लाका अध्यक्ष, सहिद कमरेड बिजय वास्तोलाका पुत्र कमरेड प्रकाश वास्तोला सहित २ जनालाइ पृथ्वीनारायण क्याम्पस भित्र बाट पक्राउ समेत गरेको छ ।

अहिले भएको प्राप्त जानकारी अनुसार कास्कीका सिडियाे चक्र बुढा लाई समप्र्क गर्दा पत्रकार राजेन्द्र अधिकारीलाई रिहा गर्ने बताएका छन।

यता जनपत्रकार सँगठन नेपाल गण्डकी-धवलागिरी समन्वय समिति सँयाेजक ओम हमालले प्रहरीले विप्लव नेतृत्वकाे ने।क।पा। समर्थित जनपत्रकार सँगठन नेपालकाे सदस्य भएकाे झुठ्ठा आराेप लगाएर गिरफ्तार गरेकाेमा ध्यानाकर्षण भएकाे भन्दै पत्रकार अधिकारीलाई रिहाई गर्न माग गरेका छन।

विज्ञप्ती हेर्नुस

समाचार सँकलनका लागि पृथ्वीनारायण क्याम्पस पुगेका नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष बर्तमान केन्द्रीय पार्षद एवम् मेरा अनण्य मित्र क्रान्तिकारी पत्रकार राजेन्द्र अधिकारीलाई आज बिहानै पि एन क्याम्पसबाट प्रहरीले विप्लव नेतृत्वकाे ने.क.पा. समर्थित जनपत्रकार सँगठन नेपालकाे सदस्य भएकाे झुठ्ठा अाराेप लगाएर गिरफ्तार गरेकाेमा यस जनपत्रकार सँगठन नेपालकाे ध्यानाकर्षण भएकाे छ । स्वतन्त्र र निर्भिक पत्रकारिता गरेका मित्र अधिकारीलाई विप्लव समर्थक भनेर गिरफ्तार गरिनु कथित दुई-तिहाई कम्युनिष्ट सरकारकाे हठात् र त्रसित मानसिकता हाे भन्न कुनै हिच्किचाहट छैन । पत्रकार मित्र राजेन्द्र अधिकारी यस जनपत्रकार सँगठन नेपालकाे कुनै तह र तप्कामा नरहेकाे स्पष्ट पार्न चाहन्छु । तर उत्पीडित जनताकाे आवाज बुलन्द गर्ने जिम्मेवारी बाेकेर समाचार सँकलन गर्न पृथ्वी नारायण क्याम्पस पाेखरा पुगेका पत्रकार अधिकारीकाे गिरफ्तारीकाे घाेर भ्रर्त्सना गर्दै तत्काल रिहा गर्न माग गर्दछु ।
अाेम हमाल
केन्द्रीय सदस्य
एवम्
गण्डकी-धवलागिरी समन्वय समिति सँयाेजक
जनपत्रकार सँगठन नेपाल

साथै, पत्रकार महासंघ, कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारी पनि पक्राउ परेका छन् । उनीहरु तीनैजना कास्की प्रहरी परिसरमा छन् । शान्तिपूर्ण कार्यक्रम गर्दा प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।कास्की प्रहरी प्रमुख एसपी ओम रानाले तीनजना नियन्त्रणमा लिइएको बताएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाई छ । नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार पक्राउ घटनाबारे सामाजिक सञ्जालमार्फत आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार