logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पूर्वराजा ज्ञानेन्द्रद्वारा दुख व्यक्त,राहत कार्यमा जुट्न र रक्त संकलन गर्न राप्रपाको आव्हान


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार पूर्वराजाले एक समबेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् ।उनले सन्देशमा भनेका छन्, ‘प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पिडीत जनहरूमा समबेदना प्रकट गर्दछु । साथै घाईतेहरूको शिध्र स्वास्थलाभको कामना पनि गर्दछु ।’

त्यस्तै आइतबार साँझ हावा हुरीबाट बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा भएको धनजनको क्षतिप्रति राप्रपाले दुःख व्यक्त गरेको छ ।सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार बिहान विज्ञप्ति जारी गर्दै प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको निस्शुल्क उपचारका निम्ति सरकारलाई अनुरोध छ ।

साथै राप्रपाले आफ्ना कार्यकर्तालाई राहत कार्यमा जुट्न र घाइतेहरुका लागि रगतको अभाव हुन नदिन रक्त संकलन गर्न आव्हान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार