logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखराको बिभिन्न ठाउँमा यसरी गर्दा रहेछन मोटरसाइकल अनि स्कुटर चोरी


  • राजनीति
  • सोमबार, चैत्र १८ २०७५

पोखरा- पोखराका विभिन्न ठाउँबाट मोटरसाइकल तथा स्कुटर चोरी गर्ने मुस्ताङ लेते ६ घर भई पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने २६ वर्षीय गणेश गौचनलाईलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा मोटरसाइकल र स्कुटर हराएको भन्दै उजुरी परे पछि कास्की प्रहरीले विशेष टोली परिचालन गरी चोरी गर्ने व्यक्तिको सूचना संकलन गरेको र त्यसकै आधारमा चोरी गर्ने पक्राउ परेको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए।

उनले चोरी भएका साधनको खोजतलास गर्ने क्रममा गौचनलाई पक्राउ गरेको जानकारी दिए।

गौचनले ग१प ७५०० नम्बरको मोटरसाइकल, ग १२ प ३१४३ र ग १३ प ७६७३ नम्बरको स्कुटर चोरी गरेको प्रहरीको भनाइ छ। गौचनलाई चोरी मुद्दामा म्याद थप अनुसन्धान भइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार