राजनीति
मुलुकको राजधानी काठमाडौंको बालाजुमा एक बसमा आगजनी भएको छ । बालाजु चोक नजिकै राेकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो ।
आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

उक्त बसमा आगजनीको खरबसँगै दमकल र प्रहरी आगो निभाउन पुगेपनि त्यतिबेलासम्म बस पूर्णरुपमा क्षतिग्रस्त बनिसकेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।