राजनीति
दैलेख केन्द्रबिन्दु बनाई सोमबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ४७ मिनेटमा भूकम्प गएको हो। केन्द्रले भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको बताएको छ।
बाराका गाउँहरुको अवस्था हृदयविदारक -प्रदेश २ भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल
पोखरा- प्रदेश–२ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले आइतबार साँझ आएको हावाहुरीबाट प्रभावित बाराका गाउँहरुको अवस्था हृदयविदारक रहेको बताएका छन्।
‘यस्तो अवस्थामा मैले अहिलेसम्म देखेको थिइन’ आइतबार साँझ बारा–पर्सामा वित्तण्डाकारी हावाहुरी आउँदा नजिकैको गाउँमा रहेका मन्त्री सोनलले भने, ‘अस्पतालहरुमा घाइते र विरामीलाई राख्ने पर्याप्त ठाउँ र आवस्यक डाक्टरहरु समेत छैनन्।’
अहिलेसम्म २७–२८ जनाको मृत्यु भइसकेको अनौपचारिक जानकारी आफूले पाएको बताउँदै मन्त्री सोनलले पहिलो प्राथमिकता घाइतेहरुको उपचारमा दिइएको बताए।
‘३–४ सय मानिस घाइते छन्, ती मध्ये करिव एक दर्जनलाई काठमाडौँ पठाइएको छ’ उनले भने, प्रदेश सरकारसँग सीमित स्रोत साधन छ, त्यसका बावजुद हामीले उद्धार र राहतमा ध्यान दिएका छौँ।’
सोनलका भनाईमा, सुरुवातमा सबैभन्दा ठूलो अभाव घाइतेहरुको उपचारका लागि रगतको थियो। त्यसका लागि स्थानीय तहमा मन्त्री सोनलकै अग्रसरतामा रक्तदान कार्यक्रम आयोजना भएको थियो।
संक्षिप्त कुराकानीको क्रममा उनले स्थानीय तहमा भएको क्षतिको तस्वीर पनि प्रस्तुत गरे। ‘बाँधिएका गाइबस्तु पुरिएका छन्, पार्किङ गरिएका गाडीहरुमा पनि क्षति पुगेको छ’ उनले भने, ‘घरमा राखिएका मोटरसाइकल पनि भाँचिएर टुक्राटुक्रा भएका छन्।’