logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

खेलमैदान बनाउन जुटे लमजुङ भकुण्डेवासी, बृद्धबृद्धाहरु समेत श्रममा जुटे


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

पोखरा- बेंसीसहर नगरपालिका–२ भकुण्डेमा स्थानीय अन्नपूर्ण युवा क्लबको अगुवाई बनिरहेको फुटबल मैदानका लागि बृद्धबृद्धाहरुले श्रम गरेका हुन्। बृद्धबृद्धासँगै युवा र बालबालिका पनि खेलमैदान निर्माणमा जुटेका छन्।

भकुण्डेको खत्रीगाउँ नजिकैको गौचरन जमिनलाई सम्माएर खेलमैदान निर्माण गरिएको छ। इलेभेन ए साइडको खेलमैदान निर्माण गर्ने योजना गाउँलेको छ। सीमित स्रोत साधनका कारण हाल नाइन ए साइडको मैदान निर्माण भएको छ। २५ रोपनी क्षेत्रफलमा बनाउन लागिएको मैदानका लागि साढे नौ रोपनी जग्गा व्यक्तिसंग किन्नुपर्ने हुन्छ।खेलमैदानका लागि काजीराम बस्नेतले १ रोपनी, पदमकुमारी खड्काले साढे ८ आना, विष्णुमाया खड्काले ९ आना, ले।खड्कबहादुर बस्नेतले ९ आना जग्गा दान दिएका छन्।

बाँकी ७ रोपनी जग्गा किन्नका लागि चन्दा संकलन गरिएको खेलमैदान निर्माण समितिका अध्यक्ष मिलन थापाले बताए।१०५ मिटर लम्बाई र ७० मिटर चौडाईको खेलमैदानसँगै स्टेडिएम, कवर्डहल निर्माण गर्ने गाउँलेको योजना छ। सबै निर्माण सक्न साढे २ करोड रुपियाँ लाग्ने अनुमान छ।हालसम्म प्रतिनिधि सभा सदस्य एंव नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद पूर्वाधार कोषबाट १४ लाख र बेसीसहर नगरपालिकाले ५ लाख रुपैयाँ मैदान निर्माणमा सहयोग गरेका छन्। स्थानीयले ४ लाख ७८ हजार २ सय ७२ रुपियाँ चन्दा संकलन गरेर खर्च गरेका छन्।नवीनराज कुइँकेलले अन्नपूर्णमा लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार