logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुबै उड्नै लागेको नेपाल एयरलाइन्सको जहाज एकाएक धावनमार्गमै रोकिए पछी


  • पत्रपत्रिका
  • बुधबार, चैत्र २० २०७५

मंगलबार राति दुबई उडानका लागि नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान तयारी भयो।

उक्त उडानका लागि सबै यात्रुलाईको बोर्डिङ पनि गरियो। नेपाल एयरलाइन्सको वाइडबडी जहाज साढे ८ बजे ह्यांगरबाट निकालेर पार्किङ वेमा ल्याइयो। त्यसलगत्तै क्याटरिङ आइटम जहाजमा बोर्ड गरियो र यात्रुलाई पनि जहाज चढाइयो।

९ बजेर ३५ मिनेट जाँदा यात्रु सबै चढिसकेपछि ९ः३७ जहाजमा इन्धन भर्ने काम पनि सकियो। इन्जिनियरिङ क्लिरेन्स पाएपछि ९:४५ मा जहाजका सबै ढोका बन्द भए र यात्रुहरु जहाज उड्ने पर्खाइमा रहे।

जहाजकाे जब ढोका बन्द गरेर ब्याक गरी उडान शुरु गर्ने तयारी गर्यो त्यही समय ड्र्यागन एयरको जहाज पनि धावनमार्गमै थियो।

१० बज्न तीन मिनेट बाँकी हुँदा ड्र्याग उड्यो तर नेपाल एयरलाइन्सको जहाज भने उड्न पाएन।

राति १० बजे विमानस्थल बन्द हुने व्यवस्था रहेको भन्दै एटिसीले अनुमति नदिएपछि उडान रद्ध भएको नेपाल एयरलाइन्सका प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए।

लामाका अनुसार जहाजमा १७६ जना यात्रु र १४ जना चालकदलका सदस्य थिए।

‘क्याप्टेनले जहाजमा प्यासेन्जर बोर्ड भइसकेको र केबल चार मिनेटमात्र थप गरिदिन आग्रह गरेका थिए तर पनि विमानस्थलले दिएन’ लामाले भने,‘यसो हुँदा एकातिर दुबई जाने भनेर जहाज चढिसकेका यात्रुहरु एकातिर मानसिक तनावमा परे अर्कोतिर हामीलाई पनि क्षति भयो।’

जहाज ह्यांगरबाट तानेर ल्याउन दिने, प्यासेन्जर बोर्ड पनि हुन दिने तर चार मिनेट समय नदिएर विमानस्थलले राष्ट्रिय ध्वजावाहकमाथि अन्याय गरेको लामाको भनाइ छ।

‘१० बजे विमानस्थल बन्द हुँदैछ भन्ने थाहा पहिलै थियो त्यहीअनुसार कि पहिलै बोर्ड हुन किन दिएको? दिइसकेपछि २ देखि ४ मिनेटको समय पनि दिननसक्ने? विदेशी एयरलाइन्सलाई जसरी पनि समय मिलाउने अनि हामीलाई वास्तै नगर्ने?’ लामाले भने,‘यसरी नेपाल एयरलाइन्समाथि चौतर्फी हमला हुने हो भने हामी कसरी अघि बढ्ने हो?’सेतोपाटीले लेखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार