logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

न्यायाधीश सिफारिस प्रकरण : रक्षा मन्त्री पोख्रेलको भान्जी देखी छोरी ज्वाई साली हेर्नुस


  • राजनीति
  • बुधबार, चैत्र २० २०७५

पोखरा- न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ। परिषद्को मंगलबारको निर्णयअनुसार सर्वोच्चको न्यायाधीशमा सिफारिस  अधिवक्ता डा। मनोजकुमार शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन्। स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अडानमा शर्मा सिफारिसमा परेका हुन्।

उच्च अदालतमा सिफारिस पुनरावेदन अदालतकी पूर्व अतिरिक्त न्यायाधीश नीलम पौडेल उपप्रधानमन्त्री ईश्वर पोख्रेलकी भान्जी हुन्।

कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीश सिफारिस हुने रेणुका साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन्। उच्चमा सिफारिस उच्चमै न्यायाधीश सिफारिस नवराज थपलिया परिषद् सदस्य रामप्रसाद सिटौलाका ज्वाइँ हुन्।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडाललाई उच्च अदालत पाटन र दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याललाई पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ। उच्च अदालतमा सिफारिस भएका ६ जना व्यक्तिलाई मुद्दाका विषयमा यसअघि न्याय परिषद्ले स्पष्टीकरण सोधेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार