logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा


  • राजनिती न्युज डेस्क
  • बिहिबार, चैत्र २१ २०७५

पोखरा-आउँदो बैशाख १३ र १४ गते पोखरामा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन हुने भएको छ । लायन्स क्लब अफ पोखरा गण्डकी तथा पोखरामा क्रियाशील २६ वटै महिला लायन्स क्लबको संयुक्त आतिथ्यतामा पोखराको पर्दशनी केन्द्र तय भएको आयोजक संस्थाले बताएको छ ।

महाधिवेशन मुल आयोजक समितिका संयोजक विमला श्रेष्ठले महाधिवेशनमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपाल अन्र्तगत करीव चार हजार लायन्सको सहभागिता रहने बताईन ।उक्त महाधिवेशनबाट आगामी बर्ष ०१९।२० को लागि डिष्ट्रिकका नयाँ कार्यसमिति चयन गर्ने, लायन्स सस्यहरुविच आपसी भाइचाराको सम्वन्ध प्रगाढ बनाउने लक्ष्य राखेको छ । महाधिवेशन सम्पन्न गर्न करिव ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार