logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

आन्दोलनमा उत्रिए ग्यास उद्योगी,२८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने


  • राजनीति
  • बिहिबार, चैत्र २१ २०७५

काठमाडौं – १० बुँदे मागबारे २० गतेसम्म निर्णय गर्ने नेपाल आयल निगमको प्रतिवद्धता पुरा नभएको भन्दै ग्यास उद्योगीहरुले आन्दोलनको घोषणा गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेटहरु पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने बताएको छ ।

चैत ३० गतेबाट ग्यास विक्री वितरण नै बन्द गर्ने एलपी ग्यास उद्योग संघले घोषणा गरेको छ ।

ग्यास उद्योगीहरुको मागबारे अध्ययन गर्न आयल निगमले अध्ययन समिति नै बनाएको थियो । तर, यसबारे कुनै निर्णय नभएकाले आन्दोलन घोषणा गरिएको संघले बताएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार