logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सशस्त्र प्रहरीदेखि राष्ट्रिय वाणिज्य बैंकसम्म सरकारी निकायमा आकर्षक जागिर खुल्योः


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

सशस्त्र प्रहरी बलमा भर्ना खुलेकाे छ । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ ।

आवेदन सशस्त्र प्रहरी बलको हल्चोकस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि तह ५ र ४ का लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।

यसैगरी राष्ट्रिय अनुसन्धान विभागमा पनि जागिर खुलेको छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समेत विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

सूचना हेर्नुहाेस्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार