logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रहरी महानिरीक्षक खनाल किन उडे फ्रान्स


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्थान गरेका छन् । इन्टरपोलको चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने १५औं सम्मेलनमा सहभागी हुन महानिरीक्षक खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित प्रहरी महानिरीक्षक खनाललाई विदाइ गरेका थिए ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सम्मेलन हुने गर्दछ । यस वर्षको सम्मेलनमा इन्टरपोलका सबै १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार