logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्रीमाथि कटु टिप्पणी गरेको भन्दै पूर्वसहायक रथीलाई गर्यो यस्तो कार्वाही


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

काठमाडौं–नेपाली सेनाले आफ्ना दुई पूर्व सहायक रथीलाई सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आरोपमा  सचेत गराएकाे छ ।

नेपाली सेनाको जंगी अड्डाले पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई सचेत गराएको हो ।सेना परिचालन विधयेकको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल लगायतको बानियाँ र बस्न्यातले  कटु आलोचना गरेका थिए ।एक राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै बानियाँले भनेका थिए, ‘एउटा मुसालाई सेर बनाएर देशको प्रधानमन्त्रीले एउटा प्रमुख जिल्ला अधिकारीले गर्ने काम गर्छन् भने मेरो नाक ठाडो भएको छैन ।’विधयेकले खशीको मासु पाइन्छ भनेर बाख्रीको मासु बेच्ने नियत राखेको भन्दै उनले आलोचना गरेका थिए ।

विप्लव समूहप्रति सद्भाव देखाउँदै उनले भनेका थिए, ‘के विप्लवजीको पार्टीले नेपाल खान लाग्या छ ?’प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन पिङको नक्कल गरेको भन्दै उनले ‘पिपल पाते तरिकाले सेना परिचालन गर्दा जसरी पाकिस्तानमा सेनाले राजनीति गर्न सुरु गर्यो, त्यसरी नै नेपालमा पनि सुरु हुने’ टिप्पणी गरेका थिए ।उनले खल्तीबाट सेना परिचान गर्ने केपी ओली को हुन् ? भन्दै प्रश्नसमेत गरेका थिए ।सैनिक अधिकारीले अवकाश भएको कम्तीमा दुई वर्षसम्म सार्वजनिक रुपमा अभिव्यक्ति नदिने चलन छ । त्यसपछि पनि अधिकांश पूर्वसैनिक अधिकारी खासै अभिव्यक्ति दिँदैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार