logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुनसरीमा प्रहरीकै पेस्तोल खोसेर प्रहरी माथी गोली प्रहार,यस्तो छ अवस्था


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

सुनसरी- सुनसरीमा प्रहरीकै पेस्तोल खोसेर एक व्यापारीले सुरक्षाकर्मीमाथि गोली प्रहार गरेका छन् । प्रहरी नायक निरीक्षक(सई) माथि भारतबाट ल्यााएका सामान चेकजाँचको क्रममा व्यवसायीले गोली प्रहार गरेका हुन् ।

भोक्राहा गाउँपालिकाका स्थानीय व्यापारी र प्रहरीबीच विवाद हुँदा प्रहरीकै पेस्तोल खोसेर सुरक्षाकर्मीमाथि गाेली हानिएकाे हाे । व्यवसायीकाे गाेली प्रहारबाट २ सुरक्षाकर्मी घाइते भएका छन् ।

स्थानीय व्यापारी ज्याबुल मन्सुरीले भोक्राह ७ को चेकप्वाइन्टमा रहेका भुटाहा प्रहरी चौकीका सई चन्द्र कुमारशाक्यले भिरेको पेस्तोल खोसेर गाेली हानेका हुन् । गाेली प्रहार गर्दा दुवै जना घाइते भएका छन् । चेकजाँचका क्रममा विवाद हुँदा मन्सुरीले पेस्तोल खोसेर गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सई शाक्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मन्सुरीलाई धरानस्थित वीपी काेइरालालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार