logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२ नाबालक सहित व्यवसायी श्रेष्ठका परिवारै अबैध विदेशी मुद्रासहित पक्राउ


  • राजनीति
  • शनिबार, चैत्र २३ २०७५

पोखरा- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले अबैध विदेशी मुद्रासहित सुवास श्रेष्ठको पाँच जनाको परिवार नै पक्राउ गरेको छ । प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् ।

नियन्त्रणमा लिइएकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेको एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलेशुक्रबार दिउँसो १३ः४५ बजे थाइ एयरबाट बैंकक जान लागेका एकै परिवारका ५ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार