logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चट्याङ लागेर १० वर्षिय वालिका सहित एकको मृत्यु, दुई घाइते


  • राजनीति
  • शनिबार, चैत्र २३ २०७५

विराटनगर -चट्याङले लागेर शनिबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीकी १० वर्षीय आराधना राजवंशीको मृत्यु भएको छ।

हावा, हुरी र वर्षासँगै परेको चट्याङले लागेर खेतमा बाँधेको गाई फुकाएर घरतिर लिएर आउँदै गर्दा घर नजिकै चट्याङले लागेर घाइते भएकी बालिकाको छात्ती डढेको छ।

घाइते अवस्थामा उपचारका लागि विराट मेडिकल कलेज ल्याइपुर्या‍इएकोमा चिकित्सकले मृत्त घोषित गरेको प्रहरीले जनाएको छ। बालिकाको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ।
त्यसै गरी झापा बिर्तामोडमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शनिबार बिहान चट्याङ लाग्दा दुईजना घाइते समेत भएका छन्।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका—१५ ज्यामिरगढी निवासी ४० वर्षीय प्रकाश राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार मृतक राउतकी श्रीमती सुनिता राउत र उनकी भाउजु मञ्जु राउत घाइते भएका छन्। घाइते दुबै जनाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।

बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि ओमसाई अस्पताल पु¥याएकोमा प्रकाशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार