राजनीति
पोखरा- नेपाली सेनामा कार्यरत एक सैनिकले महिलाहरुलाई अश्लिल फोटो पठाउने र यौनजन्य दुव्र्यवाहर गर्ने गरेको रहस्य खुलेको छ ।
गोरङगे व्यारेक कर्णाली चिसापानीमा कार्यरत जनकराज अवस्थिले सामाजिक संजाल फेसवुकमा महिलाहरुलाई खोजीखोजी साथी बनाउने, यौन सम्बन्धी कुरा गर्ने र अश्लिल फोटो पठाएर यौनजन्य हिंसा गर्ने गरेको रहस्य बाहिर आएको हो । आफुलाई नेपाली सेनामा कार्यरत भएको प्रमाणीत गर्न उनले सैनिक लोगो अंकित टिसट लगाएको फोटो समेत महिलाहरुलाई पठाउने गरेका थिए ।राजधानि दैनिकले लेखेको छ।
उनले महिलासंग कुरा गर्दा आफनी श्रीमतीले पाठेघरको अप्रेसन गरेको र श्रीमती राम्री नभएको भन्ने गरेका थिए । फेसवुक मार्फत म्यासेन्जर फोटो माग्ने, आफनो फोटो पठाउने गर्ने गरेका अवस्थिले यौन प्रस्ताव राख्ने र अस्वीकर गरे अरु महिलालाई भएपनि खोजीदीनु प¥यो भन्दै धम्क्याउने गरेका छन् । केहि समय अघि उनि खड्ग गण दल रोल्पामा समेत कार्यरत भएको बुझीएको छ ।
सैनिक ऐन २०६३ को दफा ५२ मा सैनिक आचरण विपरित कार्य गरेमा अपराधको कसुर हेरी सेवाबाट बर्खास्त गर्न सक्ने समेत व्यवस्था छ । नेपाली सेनाले सम्बन्धित ब्यारेकमा सम्र्पक गरी अनुसन्धान सुरु गर्ने बताएको छ । ‘तपाईबाट हामीलाई जानकारी आयो,’ सैनिक प्रवक्ता याम प्रसाद ढकालले भने ‘अब छानविन टोली गठन गरेर सत्यतथ्य पत्ता लगाएर दोषी ठहर भए सैनिक ऐन अनुसार कारबाही गर्छो ।’ एकाध क्राईमका गुनासाहरु आउने गरेको भन्दै नेपाली सेना यस तर्फ सजग रहेको बताउदै प्रवक्ता ढकालले गतल कार्य गर्नेलाई कारबाही हुने बताए ।