logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा महानगर कार्यालय अगाडी मरेको कुकुर ! व्यवस्थापन कस्को जिम्मा ?


  • आश तमु
  • आइतबार, चैत्र २४ २०७५

पोखरा – पोखरा महानगरपालिकालाई स्मार्ट सिटि बनाउने निर्वाचित मेयर मान बहादुर जिसीले घोषणा गरे। स्मार्ट सिटीको अवधारणा थाहा नहुदै घोषणा गरेको भन्दै आलोचित बने मेयर जिसी ।

केही समय अघि फिर्के पुलको उद्घाटनका डोजर नै चलाएर ५ जना घाइते भए,जिसीले चलाउदा।बिवादको त कुरै नगरौ पोखरा रङ्गशालामा भएको होडिङ बोर्ड हटाउदा बालबालिका प्रयोग गरेको भन्दै केही दिन अघि मात्र आलोचित बनेका महानगरपालिका फेरी आफ्नै कार्यालय गेट अगाडी मरेको कुकुर लाई व्यवस्थापन नगर्दा आलोचित बनेको छ। पोखराका वरिष्ठ पत्रकार कमल पौडेल अथकले आफ्नो फेसबुकमा फोटो पोष्ट गर्दै लेखेका छन “भन्थे कसैको मरण कुकुरको जस्तो नहोस् ।

तर साँच्चै कुकुरको मरण कस्तो हुँदो रहेछ भन्ने कुरा पोखरा महानगरपालिका गेट अगाडि नालामाथि मरेको कुकुर देख्दा अनुभूति भयो । यो कुकुर मरेको कहिले हो थाहा छैन सडकमा हिड्ने मान्छे नाक छोपेर हिड्छन् । तर यसले मलामी पाएन हनुमान जी ?”

तस्विर कमल पौडेल अथक को फेसबुकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार