logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ न्युज: राजधानीको बसुन्धारामा सकेट बम फेला,सेना घटनास्थलमा


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

काठमाडौं : राजधानीको बसुन्धारामा सकेट बम फेला परेको छ। कल्चर सेन्टरको कार्यलयमा उक्त बम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

सोफामुनि भेटिएको उक्त बम नेपाली सेनाले डिस्पोज गरिरहेको छ। प्रहरीले कल्चर सेन्टरका संचालक प्रकाश सुवेदी सहित ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत डिएसपी बोगटीले बताए।

श्रम मन्त्री विष्टलाई सिध्याइदिन्छु भन्दै हिड्ने को हुन ती प्रधानमन्त्रीका मान्छे ? हेर्नुस

पोखरा –प्रधानमन्त्री दलाल र तस्करको फन्दामा परे श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सही नै भनेका थिए । मन्त्री विस्टले भनेको भन्दा शतप्रतिशत बढाइ चढाई गरेर प्रधानमन्त्रीको सुराकीले सुनाइदिए । मन्त्रिपरिषदको बैठकमा नै विष्टलाई सात्तो खाएका प्रधानमन्त्रीको चरित्र पछिल्लो पटक झन् प्रष्ट भएको छ । प्रसंग हो मलेसियाको बदैशिक रोजगारी ।

केही मानव तस्करले पछिल्लो दिनमा मन्त्री विष्टलाई प्रधानमन्त्रीको नाम लिँदै ठिक पार्ने धम्की दिएका छन् । उनीहरुले प्रधानमन्त्रीले भनेको व्यक्ति वा संस्थालाई मलेसियाको सबै जिम्मेवारी दिनुपर्छ होइन भने मन्त्री पद नै उडाइदिन्छु भन्दै मन्त्री विष्टलाई धम्की दिने गरिएको छ ।

केही व्यापारीले समेत नियमित जसो मन्त्री विष्टलाई प्रधानमन्त्रीको नाम लिँदै थर्काउने गरेका छन् । उनीहरुले मलेसिया कामदार पठाउँदा त्यसअघि गर्नुपर्ने सबै काम आफूहरुले पाउनुपर्ने भन्दै सोही अनुसार निर्णय नभए त्यसबाट पर्ने प्रभावको आकंलन गर्न आफै लाग्नु भन्दै मन्त्री विष्टको मानमर्दन गर्न लागिएको छ ।मन्त्री विस्टले वैदेशिक रोजगारीको नाममा नेपाली यूवा ठगिनबाट जोगाउन सकारात्मक प्रयास गरेका थिए । उनले कुनै पनि मानव तस्करले मलेसियाको विषयमा र्‍यल् नकाढे हुन्छ भन्दै स्पष्ट शब्दमा नै अस्वीकार गरिदिएका थिए ।

मन्त्री विष्टले अझै पनि विधिमा मात्रै नेपाली कामदारलाई मलेसिया पठाउने बताउँदै आएका छन् । तर उनलाई काम नै गर्न नदिने प्रवृत्ति प्रधानमन्त्री वरिपरीका व्यक्तिबाट स्थापित गरिएको छ । यतिखेर प्रधानमन्त्रीका खास मान्छे बनेका छन्भि एलएनको नाममा नेपालाी यूवा ठग्नेहरु । उनीहरुले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य तथा जनसम्पर्क सल्लाहकार भन्दै हिड्ने पनि नेपाली युवामाथि दिनदहाडै लुटपाट गर्ने गराउने काममा संक्रिय छन् । उनीहरुले प्रधानमन्त्रीले भनेअनुसार गर्नु होइन भने ठिक हुँदैन भन्दै मन्त्री विष्टलाई धम्क्याउने काममा व्यव्स्त हुने गरेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा नै आफूहरु विरुद्ध अर्नगल प्रचार परेको भन्दै तत्काल विवरण दिन भनेका थिए । घटनाक्रहरुले प्रधानमन्त्री तस्करको जालोमा नराम्ररी फसेको देखिन्छ । जसरी भएपनि विवादास्पद व्यापारीलाई नै मलेसियाको सम्पूर्ण काम गर्ने गराउने काममा लगाइएको छ । हामी मन्त्री विष्टले भनेको मान्दैनौ । हाम्रा त प्रधानमन्त्री नै छन् । भन्दै मानव तस्करहरु कहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय त कहिले बालुवाटारमा पुगेर भए नभएका कान भराउने गरेका छन् ।

मन्त्री विष्टले मलेसिया रोकेर मात्रै राख्यो । प्रधानमन्त्रीको पहलमा खुल्यो भन्दै मानव तस्करहरुले समेत मन्त्री विष्टकै कारण नेपालीले दुःख पाएको तथ्य स्थापित गर्ने भरमग्दूर प्रयत्न गरिएको छ । तर सो प्रयत्नले काम गर्ने हो वा होइन भन्ने विषयमा उनीहरु भन्दा बढी चासो प्रधानमन्त्री ओलीलाई परेका छ । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगद भएका आङछिरिङ शेर्पाको नाम लिँदै केही व्यक्तिले समेत मलेसियामा चासो व्यक्त गरेका छन् । सोमबारदेखि विगतमा कलिङ भिषा आएका नेपाली युवा मलेसिया जान पाउने भएका छन् । त्यसको पछाडि पनि प्रधानमन्त्रीको नाम बेच्दै हिड्ने तस्कर सञ्जालका सदस्यहरु रहेका छन् । उनीहरुले मन्त्री विष्टलाई अब भने गलाइयो र हाम्रो स्वार्थ पूरा हुने भयो र प्रधानमन्त्रीको चाहना पनि सुम्बोधन भो भन्दै सुन्धारा र ठमेलका रेष्टुरेन्टमा चर्चा हुने गरेका छ ।आजको अर्थ डटकमबाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार